Logo
Logo

लकडाउनका बीच प्लेन चार्टर गरेर प्लेनभित्रै विवाह


दृष्टि संवाददाता



काठमाडौं । कोरोनाले अत्याधिक प्रभावित छिमेकी देश भारतमा लकडाउनको बीच प्लेन चार्टर गरी प्लेनभित्रै विवाह गरिएको छ । एक सय ७० जना आफन्त तथा साथीलाई बोलाएर एक जोडीले उडिरहेको प्लेनभित्रै विवाह गरेका हुन् ।


लकडाउनकाबीच भएको यो घटनाले छानबिन सुरु भएको छ । घटना बैगालोरको हो । मिनाक्षी अमन मन्दिरबाट मधुराईका लागि स्पाइजेटको विमान चार्टर गरिएको हो । विमानभित्र स्वास्थ्य मापदण्ड पालना नगरिएको विषयमा विमानका कर्मचारीमाथि कारबाहीको तयारी भइरहेको छ ।
उडानकै क्रममा भएको बिहेबारे फोटोबाट थाहा भएको र त्यसबारे छानबिन हुने भारतीय नागरिक उड्डयन अधिकारीले जनाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।


लकडाउनका बीच पनि भारतमा हवाई सेवा चलिरहेको छ । तर, विमान र विमानस्थलमा सामाजिक दुरी कायम गर्न भनिएको छ । तर, विमानभित्र मास्क समेत नलगाई विवाह गरिएको र मापदण्ड पूरा नगरिएकोमा कारबाही गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्