Logo
Logo

कागेश्वरी मनोहराले माग्यो खोप किन्ने अनुमति


दृष्टि संवाददाता


काठमाडौं । काठमाडाैंकाे कागेश्वरी मनोहरा नगरपालिकाले कोरोनाविरुद्धको खोप किन्न एक करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । नगरपालिकाको ७०औं कार्यपालिका बैठकले आफ्ना नगरवासीलाई कोरोनाबाट जोगाउन खोप किन्ने निर्णय गर्दै एक करोड रुपैँया बिनियोजन गरेको हो । 

नगरप्रमुख कृष्णहरि थापाका अनुसार कार्यपालिका बैठकले खोप किन्न १ करोड बजेट छुटे्याउँदै जिटुटी प्रकृयामार्फत खोप किन्ने निर्णय गरेको हो । 

निःशुल्क खोप ल्याउन पहल गरिने र त्यसो हुन नसके खरिद गरेर भएपनि नागरिकलाई खोप सुविधा दिने निर्णयमा नगरपालिका पुगेको छ। 

नगरपालिकाभित्र एक लाख ३ हजार जनता छन् । नगरमा संघीय सरकारले १८ जेठवाट भेरोसिल खोप लगाउने भनिसकेको छ । नगरपालिकाले हालसम्म कोरोना रोकथाम, नियन्त्रण र उपचारमा मात्र ३ करोड रुपैयाँ खर्च गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्