Logo
Logo

उपत्यकामा एक महिनाकै न्युन संक्रमण


दृष्टि संवाददाता



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण एक महिनायताकै न्युन देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार एक हजार एक सय ७१ जनामा संक्रमण भएको छ । जून करिब ३५ दिन यताकै न्युन हो ।


काठमाडौंमा ८६७, ललितपुरमा एक सय ९९ तथा भक्तपुरमा एक सय ५ जनामा संक्रमण पुष्टि भएको छ ।
शनिबार देशभरी संक्रमण घटेको छ । संक्रमणदर ३०.७७ मा झरेको छ । १४ हजार ६ जनामा पिसिआर परीक्षण गर्दा चार हजार तीन सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्