Logo
Logo

उपत्यकामा नयाँ संक्रमणमा कमी, आइतबार एक हजार ९३ मा संक्रमण


दृष्टि संवाददाता



काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार पनि संक्रमण घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो २४ घन्टामा एक हजार ९३ जनामा संक्रमण पुष्टि भएको छ । यो बैशाखको तेस्रो साताको तुलनामा एक चौथाई मात्र हो । त्यतीबेला एकैदिन ४२ सय जनासम्म संक्रमण पुष्टि भएको थियो ।


काठमाडौंमा ८०४, ललितपुरमा एक सय ७६ तथा भक्तपुरमा एक सय १३ जनामा संक्रमण पुष्टि भएको छ । तीन जिल्लामा संक्रिय संक्रमितको संख्या २६ हजार चार सय ३ रहेको छ । सक्रिय संक्रमितको संख्या उपत्यकामा घटिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्