Logo
Logo

प्रहरीले रक्सी चोरेको भिडियो फेसबुकमा आएपछि


दृष्टि संवाददाता



सिरहा । डिउटीको क्रममा रक्सी चोरेको आरोपमा तीन प्रहरी निलम्बनमा परेका छन् । इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) नवलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार रायलार्य जिल्ला प्रहरी कार्यालय सिराहाले निलम्बन गरेको हो ।


असई ठाकुरसहितको टोली जेठ ९ गते आइतबार राति १० बजे लहान नगरपालिका–२३ गढिया चोकमा खटिएको थियो। निषेधाज्ञाको कार्यान्वयन गराउन खटिएको उक्त टोलीले आसपासका पसल बन्द गराएको थियो। त्यसै क्रममा सोही स्थानमा रहेको पुजा मदिरा होटल (एस.के मदिरा)मा केही व्यक्तिहरू होहल्ला गरिरहेका थिए। प्रहरीले होहल्ला गर्नेहरूलाई नियन्त्रणमा लिएको थियो। त्यही बेला पसलका सञ्चालक भने फरार भएका थिए।

सञ्चालक भागेपछि पसलमा कोही नभएको मौका छोपेर असई ठाकुरलगायतले पसलबाट केही भोड्का रक्सी लिएर गएका थिए। प्रहरीहरूले रक्सी लिइरहेको भिडिओ स्थानीयले खिचेर फेसबुकमा हालिदिएका थिए । त्यसपछि उनीहरुको चोरीको बाहिर आएको हो । सोही भिडियोका आधारमा अनुसन्धान गरी तीन जना निलम्बनमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्