Logo
Logo

निषेधाज्ञाको बेला भेन्टिलेटरबाट छिरेर मैतीदेवीका दुई सहकारीमा चोरी


दृष्टि संवाददाता



काठमाडौं । निषेधाज्ञाको बेला उपत्यकामा चोरहरु सक्रिय हुन थालेका छन् । काठमाडौं महानगरपालिका–२९ मैतीदेबीस्थित विमल प्रजापतीको घरमा रहेका दुई सहकारीमा चोरी भएको छ ।


गौथली ऋण तथा सहकारी संस्थाबाट सुनका विभिन्न गहना र नगद २ लाख २३ हजार रुपैयाँ गरी करिब ९ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको छ ।
साथै सोही घरमा रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाबाट समेत १ थान कम्प्युटर र मोबाइल चोरी भएको छ । झ्यालको भ्यान्टिलेटरबाट प्रवेश गरी अपरिचित ब्यक्तिहरुले दुवै सहकारी संस्थाबाट उक्त धनमाल चोरी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्