Logo
Logo

ललितपुर प्रहरीको स्मार्ट हटलाइन


दृष्टि संवाददाता



काठमाडौं । महामारीको समयमा जनतालाई अझै सहज तरिकाले सेवा दिने उदेश्यले ललितपुर प्रहरीले स्मार्ट हटलाइन सुरु गरेको छ । जसअनुसार प्रहरीको हटलाइन एक सयमा फोन गर्दा कम्प्युटराटै उठाई तत्काल प्रहरी परिचालन हुनेछ ।


सर्वसाधारणबाट प्राप्त हुने उजुरी, गुनासो, निवेदन तथा सोधपुछ सम्बन्धमा तत्काल प्रहरी परिचालन तथा सेवा प्रदान गरी सूचना अभिलेखिकरण गर्ने उद्देश्यले स्मार्ट हटलाइन सुरु गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । १०० नम्बरको ५ वटा हटलाईन नम्बर मार्फत प्राप्त हुने टेलिफोन कलहरू कम्प्युटरबाटै उठाई तुरुन्त प्रहरी परिचालन गर्ने तथा त्यसको अभिलेखीकरण गर्ने कार्यको सोमबारबाट सुरु गरिएको परिसरले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्