Logo
Logo

बुटवलमा मनपरी भाडा, सामाजिक सस्थाका एम्बुलेन्सबाटै ठगिन्छन् बिरामी


दामोदर खनाल/दृष्टि संवाददाता


बुटवल । बिरामी र घाइतेलाई आरामसँग छिटोछरितो अस्पताल वा स्वास्थ्य केन्द्र पुर्याउने एम्बुलेन्स सेवाबाट बिरामीहरु ठगिएका छन् । यद्यपि, सामाजिक सेवामा क्रियाशील विभिन्न संस्थाले सञ्चालनमा ल्याएका एम्बुलेन्सबाटै पनि रुपन्देहीको बुटवल, भैरहवा र यसआसपासका सेवाग्राही नराम्रोसँग ठगिएका तथ्यहरु फेला परेका छन् ।

कोरोना संक्रमण हुनुभन्दा अघिका दिनमा बुटवलबाट काठमाडाँै बिरामी पुर्याउँदा ८ देखि १० हजार लिने एम्बुलेन्सले यतिखेर ८० हजार रुपैयाँसम्म लिने गरेको पीडितहरु बताउँछन् । दैनिक ३० देखि ४० हजारसम्म भाडा तिरेर बिरामी काठमाडौँ पुर्याउने त धेरै छन् । हो, कोभिडका बिरामी बोक्दा पाँच सातवटा अक्सिजनका सिलण्डिरको शुल्क, पिपिइ र चालकको भत्ता बढी लिँदा आठ÷दश हजार रुपैयाँ अतिरिक्त भाडा लिनु स्वभाविक होला तर, १०/१५ हजारको भाडामा ४०/५० हजार लिनु ठगी नै हो ।

गएको हप्ता बुटवलको देवीनगरबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवलसम्म बिरामी लाने ल्याउने गरेवापत तीन हजार रुपैयाँ तिर्नुपरेको गुनासो पोख्दै बुटवलका कुलबहादुर केसी भन्छन्– एम्बुलेन्सको भाडा मनपरी छ कसले हो हेर्न ? जुन ठाउँबाट अस्पतालको दूरी करिब दुई किलोमिटर मात्र छ, त्यहाँको भाडा तीन हजार ? त्यस्तै केही दिनअघि बुटवलबाट करिब १० लिोमिटरको दूरीमा रहेको देवदह मेडिकल कलेज बिरामी पु¥याएवापत रोटरी कलब अफ बुटवलको लु१च ३८१८ नम्बरको एम्बुलेन्सले ५ हजार मागेपछि निकै विवाद भयो । जुन घटनाको उजुरी संयुक्त एम्बुलेन्स चालक संघ बुटवल कार्यालयमा परेको एक एम्बुलेन्स चालकले जानकारी दिए । त्यस्तै केही दिन अगाडि एक होटल व्यवसायीले वैशाखको अन्तिम हप्ता बुटवलबाट काठमाडौँ बिरामी लगेवापत एक एम्बुलेन्सलाई ३३ हजार भाडा तिरे । जुन कुरा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसम्म पुग्यो र पछि उनले ११ हजार रुपैयाँ बिरामीका आफन्तलाई फिर्तासमेत गरेको रेकर्ड छ ।

रुपन्देहीमा हाल विभिन्न संंघसंस्था र अस्पतालका गरी ९२ वटा एम्बुलेन्सहरु रहेका छन् । जसमध्ये हाल करिब ७५ वटा जतिले सेवा दिइरहेको संंयुक्त एम्बुलेन्स चालक संघ नेपाल, ट्रेड युनियन संघ जिल्ला शाखा रुपन्देहीका अध्यक्ष मानबहादुर गुरुङले जानकारी दिए । गत वर्ष एक/दुई एम्बुलेन्सले काठमाडौं पु¥याएको ८० हजारसम्म भाडा लिएको आफूलाई जानकारीमा आएको भए पनि यो पटकको लकडाउनमा ३० देखि ४० हजार रुपैयाँसम्म लिएको गुनासो आएको बताउँछन् । अध्यक्ष गुरुङले केही संस्थासँग आबद्ध नभएका झोले एमबुलेन्सका कारण आफूहरु बदनाम हुनुपरेको बताउँदै संस्थामा उजुरी आएपछि बिरामीसँग बढी भाडा लिएवापतको रकम दुई एम्बुलेन्सले गत हप्ता एक जनालाई १७ हजार र अर्को बिरामीको ११ हजार भाडा फिर्ता गरेकोसमेत बताए । केही व्यक्ति र अस्पतालले पहुँचका आधारमा एम्बुलेन्सको नाममा व्यापार गरेको उनीहरुको आरोप छ । अध्यक्षकै भनाइबाट पनि स्पस्ट हुन्छ अरु सोझा आफ्ना कुरा राख्न नसक्ने सर्वसाधारण कति ठगिएका होलान ?

हुन त बुटबलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले आफ्नो फेसबुक वालमा मुटु अस्पतालले संचालन गरेको आईसियु र सिसियु सुबिधा सहितको रातो एम्बुलेन्सको बुटवलबाट काठमाण्डौको भाडा ४० हजार भएको जनाएका छन् । गतबर्ष कोभिड १९ का बिरामीलाई एकलाख दिदापनि कोहीपनि तयार थिएन त्यो अबस्थामा ड्राईभरलाई २० हजार, हेल्थ असिसटेन्टलाई ५ हजार जोखिम भत्ता र ९ हजारको पिपिई सहित पठाउदा ६० हजार भाडा लिएका थियौं । अहिले कोभिडको बिरामी बोक्दा ड्राइभरलाई ३ हजार, हेल्थ असिसटेन्टलाई ३ हजार जोखिभत्ता र ६ हजाको पिपिईसहित पठाउँदा ४० हजार भाडा लिई सेवा दिने गरेकोसमेत फेसबुक वालमै छ । त्यसमाथि यो अस्पताल रोटरी क्लबले स्थापना गरेको हो ।

उता बिरामी बोक्न एम्बुलेन्सको समस्या परेकै कारण रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर र उपमेयर चढ्ने सवारी साधनलाई बिरामी बोक्ने सवारी साधन बनाइएको छ । त्यस्तै भैरहवाका दुई व्यापारी, देवदहका मेयर, नवलपरासी रामग्रामका मेयरलगायतले पनि आफ्नो सवारी साधनलाई बिरामी बोक्ने साधनमा परिणत गरेका छन् । जिल्ला र आफ्नो नगर क्षेत्रभित्र भएका एम्बुलेन्सलाई नियममा बाधेर मनासिव भाडादर कायम गरी निर्वाधरूपमा एम्बुलेन्स सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने ठाउँमा चर्चा कमाउनकै लागि मेयरहरुले नगरपालिकाका सवारी साधनलाई बिरामी बोक्ने साधन बनाएका छन् ।

बुटवल क्षेत्रमा जेसिज, रोटरी, नेपाल परिवार नियोजन संघ, विभिन्न सामाजिक सेवामा सक्रिय संघसंस्था, क्लब, नेपाल रेडक्रस सोसाइटी, गाउँपालिका, नगरपालिका, हेल्थपोष्ट अस्पतालहरुको आफ्नै एम्बुलेन्स छ । कतिपय संस्थाले त्यत्तिकै सहयोगस्वरुप उपलब्ध गराएका एम्बुलेन्स बिरामी ठग्ने र केही व्यक्तिका लागि ठगीखाने साधन बनेका छन् । सरकार र सरोकारवाला निकायको एम्बुलेन्स सेवाप्रति ध्यान जान नसक्नु र भाडादर कायम हुन नसक्दा नै भाडामा यसरी मनपरी भएको हो । कोभिड अहिले धेरैका लागि कमाउने बहाना बनेको छ । जसकै कारण सामान्य व्यक्तिका लागि एम्बुलेन्स धेरै महंगो सवारी साधन बनेको छ ।

जिल्ला र आफ्नो नगर क्षेत्रभित्र भएका एम्बुलेन्सलाई नियममा बाधेर मनासिव भाडादर कायम गरी निर्वाधरूपमा एम्बुलेन्स सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने ठाउँमा चर्चा कमाउनकै लागि मेयरहरुले नगरपालिकाका सवारी साधनलाई बिरामी बोक्ने साधन बनाएका छन् ।

कोरोनाको यो महामारीमा एम्बुलेन्स सञ्चालनमा केही चुनौती पनि होलान् । एम्बुलेन्सको संख्याभन्दा दोब्बर बिरामी बुटवल भैरहवाबाट चितवन, काठमाडौँ, पोखरा, रिफर हुने र बुटवलदेखि बाहिर भैरहवा मेडिकल कलेज क्रिमसन अस्पताल एवं सरकारले स्थापना गरेको आइसोलेशन सेन्टरमा पुगेर ३ देखि ४ घण्टासम्म होल्डमा बस्नुपर्ने र एउटै बिरामीलाई थुप्रै अस्पतालमा आइसोलेशनमा घुमाउँदाघुमाउँदै बेड नपाएर कोरोना बिरामीको मृत्युसमेत भएको घटना पनि छन् ।

तर कोरोनालाई बहाना बनाएर स्वास्थ्य सुरक्षाका सामग्रीका नाममा बिरामी र आफन्तसँग चर्को भाडा असुल्नु जायज होइन भनी सरोकारवाला निकायले एम्बुलेन्स क्षेत्रको बेथितितर्फ ध्यान नदिनु झनै दुःखद् पक्ष हो । हुन त चालकहरुको संस्थाले ननकोभिड बिरामीका लागि बुटवलबाट पाल्पाका लागि २ हजार ५ सय, भैरहवाका लागि १ हजार २ सय, नारायणगढ ५ हजार, काठमाडौँसम्म ११ हजार भाडा तोकेका छन् । जुन अक्सिजन र स्वास्थ्य सामग्रीबाहेकको भाडा हो ।

एम्बुलेन्स चालक संघ नेपाल, ट्रेड युनियन संघका केन्द्रीय महासचिव मुक्ति काफ्लेले नेपाल अधिराज्यभर करिब ४ हजार ५ सय एम्बुलेन्स सञ्चालनमा रहेको र स्पस्ट नीति नियम बन्न नसक्दा समस्या बल्झिदै गएको बताउँछन् । गाउँगाउँमा विभिन्न समूह, संघ संस्थाले भन्सार छुटमा भित्र्याइएका एम्बुलेन्स पनि व्यवस्थित तरीकाले सञ्चालन भएका छैनन । प्रदेश सरकारले लुम्बिनी प्रदेशका १२ जिल्ल्लामा १ सय भन्दाबढी सरकारी प्लेटका एम्बुलेन्समा जिपीएस जडान गरेको छ । तर, निरीक्षण छैन ।

हुन त प्रदेशको सामाजिक मन्त्रालयले जडान गरेको जिपिएस जडान र कोभिडको शव व्यवस्थापनको रकममा पनि अनियमितता भएको समाचार स्रोतको दाबी छ । निकै महंगो शुल्क हालेर जडान गरिएको जिपीएस नत चुस्तदुरुस्त छ, न दैनिकरुपमा गाउँगाउँमा गुडेका एम्बुलेन्सको निगरानी नै भएको छ । संस्थाका केन्द्रीय कोषाध्यक्ष एवं लु२च ७४०३ नम्बरको शवबाहन चालक यदुनाथ भण्डारीले पोजेटिभ केश र मृतक लिएर हिँडदा धेरै जोखिम हुने बताउँछन् । उनका अनुसार हालसम्म ८७ वटा शव व्यवस्थापनका लागि बुटवलको चरंगे जंगलसम्म लगे, तर अहिलेसम्म एक रुपैयाँ पनि पाउनुपर्ने प्रोत्साहन भत्ता पाएको छैन । प्रोत्साहन भत्ता दिन्छ भनेको सुनेको छु तर, नपाएको गुनासो गर्दै एक शववापत १५ लिटरका दरले पाउने तेल पनि पूरै पाएको छैन उनले भने ।

एम्बुलेन्सका भाडा लगायतका समस्या बारे रुपन्देहीका प्रमुख जिल्ला अधिकारी र आफूहरुवीच पनि पटक पटक छलफल भएपनि सरकारी भाडादर कायम हुन नसक्दा बेलाबेलामा भाडाकै वारेमा समस्या उत्पन्न हुने गरेको एम्बुलेन्स चालक संघको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्