Logo
Logo

१ जेठयताकै मंगलबार कम मृत्यु


दृष्टि संवाददाता



काठमाडौं । कोरोना संक्रमण घटिरहँदा मंगलबार मृत्यु पनि घटेको छ। १ जेठयताकै मंगलबार कम मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा ६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो दुई सातामा दैनिक औसत डेढ सयको मृत्यु भइरहेको थियो । मंगलबार मृत्यु घट्नुले समुदायमा संक्रमण घटेको पुष्टि हुन्छ ।


नेपालमा एकैदिन सर्वाधिक २४६ जनासम्मको निधन भएको छ । १ जेठमा १४५, २ जेठमा २१४, ३ जेठमा १९६, ५ जेठमा २४६, ६ जेठमा १९०, ७ जेठमा १७७ को मृत्यु भएको थियो ।
आठ जेठमा १२९, ९ जेठमा १९३, १० जेठमा १८५, ११ जेठमा १६९, १२ जेठमा १४५, १३ जेठमा १०६, १४ जेठमा ९६, १५ जेठमा ११६, १६ जेठमा १०९, १७ जेठमा ११४ जनाको मृत्यु भएको थियो ।

मंगलबार संक्रमणदर पनि कम देखिएको छ । ३० प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्