Logo
Logo

महिला टी-२० वरीयतामा नेपालकाे स्थान यथावत


दृष्टि संवाददाता


काठमाडाैं । अन्तरार्ष्टिय महिला टी २० क्रिकेट वरीयतामा नेपाल १४ औं स्थानमा यथावत छ  । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले जारी गरेको महिलाको नयाँ वरीयतामा नेपालकाे स्थान यथावत रहेकाे हाे ।

नेपाली महिला क्रिकेट टिमले घरेलु भूमिमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि कुनै अन्तराष्ट्रिय प्रतियोगिता खेलेको छैन । जसको कारण नेपालको वरीयतामा घटबढ भएको छैन ।

वरीयतामा नेपालकी उपकप्तान सिता राना मगर पनि यथावत रहन सफल भएकी छिन् । नयाँ वरीयतामा सिता ९० औं स्थानमा छिन् । सिता अघिल्लो वरीयतामा पनि साेही स्थानमै रहेकी थिइन् ।

सिता वरीयतामा पर्ने एक्लो नेपाली महिला खेलाडी हुन् । ब्याटिङतर्फ भारतकी शफाली वर्मा शीर्ष स्थानमा छिन् । अष्ट्रेलियाकी बेथ मोनी दोस्रो, अष्ट्रेलियाकै मेग लानीङ तेस्रो, भारतकी स्मृति मन्धाना चौंथो र अष्ट्रेलियाकी एलिसा हेली पाँचौ स्थानमा छिन् ।

प्रतिक्रिया दिनुहोस्