Logo
Logo

५ एयरलाइन्सका लागि १० अन्तर्राष्ट्रिय उडान खुला


दृष्टि संवाददाता


काठमाडौं । सरकारले १० वटा अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । पर्यटन नथा नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै शनिबार र आइतबारबाहेक सातामा ५ दिन आउने र जानेगरी ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान खुला गरेको हो ।

टर्कीको स्तानबुलका लागि टर्किस एयरलायन्स, कतारको दोहाका लागि नेपाल वायुसेवा निगम तथा कतार एयरवेज र भारतको नयाँ दिल्लीका लागि एयर इन्डिया र नेपाल वायुसेवा निगमले नियमित उडान गर्न अनुमति पाएका हुन् ।

नयाँ तालिका अनुसार अब हरेक विहिबार युरोप र अमेरिकाका यात्रुले टर्किस एयरलायन्सको उडानबाट ओहोरदोहार गर्न सक्ने भएका छन् । दिल्ली–काठमाडौं उडानलाई बुधबार र शुक्रबार निरन्तरता दिइएको छ ।

दोहा हुँदै मध्यपूर्वी मुलुक लगायत अन्य मुलुकहरुमा जानको लागि सोमबार बिहान कतारले र राति नेपाल वायुसेवा निगमले काठमाडौंबाट उडान भर्नेछन् । नेपालबाट सोमबार राति दोहा जाने निगमको विमान मंगलबार काठमाडौं फर्किने भएको छ ।

प्रतिक्रिया दिनुहोस्