Logo
Logo

प्रदेश १ को बजेट अधिवेशन बोलाउने तयारी


दृष्टि संवाददाता


दृष्टि फाइल

बिराटनगर । प्रदेश १ सरकारले बजेट अधिवेशन बाेलाउने तयारी गरेकाे छ । मंगलबार प्रदेश न १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेतासँग छलफल गर्दै अधिवेशन बाेलाउने तयारी गरेकाे बताएका हुन् ।

आगामी बजेट अधिवेशन र कोभिड माहामारीका विषयमा मुख्यमन्त्री राईले गरेकाे छलफलमा कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आंबो र राष्ट्रिय जनता पार्टी संसदीय दलका नेता जयराम यादवको उपस्थिति थियो ।

छलफलका क्रममा मुख्यमन्त्री राईले सरकारले केही दिन भित्रै संसद बैठक बोलाउन लागेको बताएका थिए । बढ्दो रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण, खोप र उपचारको विषयमा समेत छलफल भएको छ ।

सरकारले संसदबाटै बजेट प्रस्तुत गर्ने र अनावश्यक शंका नर्गन समेत विपक्षी दलका नेतालाई मुख्यमन्त्री राईले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्