Logo
Logo

ढुंगा-गिट्टी निर्यातबारे बोल्यो अर्थ मन्त्रालय


दृष्टि संवाददाता



काठमाडौं । सरकारले ढुंगा/ गिट्टी निर्यात गर्ने योजनाको सर्वत्र आलोचना भएको छ । केही माफिया र भारतलाई खुशी बनाउन प्राकृतिक स्रोत दोहन गर्न लागिएको भन्दै यसको विरोध भएको छ ।


सरकारले बजेट वक्तव्यमार्फत खानीजन्य पदार्थ निर्यात गर्ने योजना सार्वजनिक गरेको थियो । देश नै बेचेर व्यापार गर्न लागेको भन्दै विरोध भएपछि अर्थ मन्त्रालयले यसबारे प्रष्टिकरण दिएकोछ ।
बिहीबार बिज्ञप्ती प्रकाशन गरी मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङकन गरेर असर नपर्ने खानीबाट मात्र निर्यात गरिने प्रष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्