Logo
Logo

उपत्यकामा डिपार्टमेन्ट स्टोर र वर्कशप खोल्ने निर्णय


दृष्टि संवाददाता



काठमाडौं । काठमाडौं उपत्यकामा ३१ जेठसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय भएको छ । तीनै जिल्लाका प्रशासन कार्यालयले थप सेवा खुलाएर निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।


एक साताअघि खाद्यान्न पसल समेत बन्द गर्न निर्णय भएको थियो । बिहीबारदेखि बिहान नौ बजेसम्म खाद्यान्न तथा तरकारी–मासु पसल खोल्न दिने निर्णय भएको छ। बिहान ९ बजेसम्म खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर खुल्नेछन् ।
साथै सवारी साधन मर्मत गर्ने वर्कशप समेत खोल्न दिने निर्णय भएको छ । राती ९ देखि बिहान बजेसम्म वर्कशप खोल्न दिने आदेशमा उल्लेख छ । निर्माण सामाग्री ओसारपसारलाई पनि रातको समयमा सहज गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्