Logo
Logo

मुडे-चरिकोट सडकको काम ६ वर्षमा पनि सकिएन


दृष्टि संवाददाता


दोलखा । दाेलखाको लामोसाघु जिरी सडक खण्ड अन्तगर्त मुडे चरिकोट सडक निर्माणको काम ६ वर्षसम्म पनि सम्पन्न हुन नसक्दा सर्वसाधारण मर्कामा परेका छन् ।

२०७२ भदौमा सम्झौता भई २ वर्षमा काम सम्पन्न गर्ने गरी शकिल हैदर शंकर माली÷सुनौलो खिम्ती जेभीले कामको ठेक्का लिएपनि ६ वर्षसम्म कामले गति लिन नसकेको हो ।

मुडेदेखी चरिकोट सम्मको ३० किलोमिटर सडक ६ वर्षमा ४ किलोमिटर कालाेपत्रे भएको छ । वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने यस सडकबाट स्थानीयबास, यात्रु, सवारीचालक सबैभन्दा बढी मारमा परेका छन् ।

पटक/पटक विभिन्न चरणको आन्दोलन गरी सडक निर्माणको लागी दवाब दिएपछि केही काम भएपनि सोचे अनुसार काम हुन नसकेको सडक निर्माण सघर्ष समितिका सहसंयोजक रमेश खतिवडाले बताए ।

७२ प्रतिशत भुक्तानी भइसकेको उक्त सडकको ७७ प्रतिशत भौतिक पुर्वाधारको काम सम्पन्न भएको सडक सुधार आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्