Logo
Logo

फेसबुकबाट स्वास्थ्यकर्मी धम्क्याउने एक जना पक्राउ


दृष्टि संवाददाता


पर्सा : कोरोना महामारी नियन्त्रण गर्न फ्रन्टलाइनमा खटेका स्वास्थ्यकर्मीको चरित्रहत्या गरेको आरोपमा पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

स्वास्थ्यकर्मीहलाई पटक–पटक फेसबुकबाट आपत्तिजनक शब्द प्रयोग गरेकाे भन्दै प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वाका युवकलाई पक्राउ गरेकाे हाे ।

आफूलाई पत्रकार र सामाजिक अभियन्ता समेत भनी ‘वाइओबी’ नामको फेसबुक पेज बनाई त्यसैबाट आपतिजनक शब्दहरू प्रयोग गर्ने ती युवकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।

फेसबुक र मेसेन्जरबाट स्वास्थ्यकर्मीहरूको चरित्र हत्या गर्ने, धम्क्याउनेलगायत काम गरेको पाइएको प्रहरीकाे अनुसन्धानबाट खुलेकाे छ ।

अभियुक्तलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुरमा अनुसन्धान प्रक्रिया बढाइएको पर्सा प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्