Logo
Logo

ब्राजिलियन डिफेन्डर इमर्सन बार्सिलोनामा अनुबन्ध


दृष्टि संवाददाता


एजेन्सी । बार्सिलोनाले ब्राजिलियन डिफेन्डर इमर्सन रोयललाई अनुबन्ध गरेको छ । स्पेनिस क्लब बार्सिलोना तेस्रो खेलाडीको रूपमा उनलाई अनुबन्ध गरेको हो ।

बार्सिलोनाले यसअघि अर्जेन्टिनाका स्टार खेलाडी सर्जियो अग्युरो र इरिक गार्सियालाई अनुबन्ध गरिसकेकाे छ ।  बार्सिलोनाले स्पेनिस क्लब रियल बेटिसबाट उनलाई अनुबन्ध गरको हो ।

यो सिजन च्याम्पियन्स लिग र ला लिगा फुटबलमा उत्कृष्ट प्रदर्शन गर्न नसकेको बार्सिलोनाले उत्कृष्ट खेलाडीहरू अनुबन्ध गरिरहेको छ ।इमर्सनलाई बार्सिलोनाले ९ मिलियन युरोमा क्लब अनुबन्ध गरेको हो । इमर्सनले बार्सिलोनासँग २०२४ सम्मको सम्झौता गरेका छन् ।

२२ वर्षीय राइट ब्याक डिफेन्डरले ला लिगामा यस सिजन ३४ खेलमा १ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्