Logo
Logo

बेलायती पत्रिकामा नेपालबारे झुटो समाचार ?


दृष्टि संवाददाता



काठमाडौं । बेलायतको चर्चित ट्याब्लेट पत्रिका डेली मेलले बिहीबार नेपालको बदनाम गराउने मुख्य समाचार छापेको छ । नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको र त्यसले यूरोपलाई समेत जोखिम पारेकाले त्यसबेला लाखौं बेलायतीको बिदालाई प्रभावीत पारेको भनेर लेखिएको छ ।


त्यहाँका मन्त्रीलाई स्रोत भनेर लेखिएको समाचारको तिव्र आलोचना भइरहेको छ । किनकी विश्व स्वास्थ्य संगठनले नेपालमा अहिलेसम्म नयाँ भेरियन्ट देखिएको भन्ने पुष्टि गरेको छैन । नेपालमा अहिले देखिएका भारत र बेलायतका भेरियन्ट हुन्छ । तर, डेलिमेलले नेपालमा नयाँ भाइरस म्युटेन्ड भएको र त्यसलाई खोप समेत प्रभावकारी नभएकाले भनेर समेत दाबी गरिएको छ ।


तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बेलायती पत्रिकाको समाचार झुटो भएको बताए । नेपालमा नयाँ भेरियन्ट अहिलेसम्म पुष्टि नभएको उनको भनाई छ । यद्यपी नेपाल कोरोना संक्रमण उच्च भएको देशमध्येमा पर्दछ ।

नेपालमा कोरोना महामारीबाट हजारौं प्रभावीत भइरहँदा सो पत्रिकाले भने त्यो विषउ भन्दा आफ्ना देशका नागरिकको बिदाको घुमघाम प्रभावीत हुन लागेको विषयलाई बढी जोड दिएकोमा समेत सामाजिक सञ्जालमा सो पत्रिकाको आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्