Logo
Logo

काठमाडौंमा बढ्यो कोरोना संक्रमण


दृष्टि संवाददाता



काठमाडौं । काठमाडौं जिल्लामा घट्दै गएको कोरोना संक्रमण पछिल्लो दिन फेरि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङकले देखाएको छ । बिहीबार सार्वजनिक तथ्याङकअनुसार २४ घन्टामा एक हजार ६ सय ३० जनामा संक्रमण पुष्टि भएो छ । बुधार करिब नौ सय जनामा मात्र संक्रमण देखिएको हो ।


काठमाडौंमा दोब्बर हुँदा ललितपुर र भक्तपुरमा भने घटेको छ । ललितपुरमा २ सय ८६ तथा भक्तपुरमा एक सय १९ जनामा संक्रमण पुष्टि भएको छ ।
उपत्यकामा संक्रमण केही कम भएको भन्दै शुक्रबारदेखि निषेधाज्ञा केही खुकुलो गर्ने निर्णय भएको छ । जसकारण संक्रमण झन् बढ्ने जोखिम देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्