Logo
Logo

हिमालयन बैंकद्वारा ३ अर्बको ऋणपत्र निष्काशन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० चैत । हिमालयन बैंकले ‘हिमालयन बैंक लिमिटेड बन्ड–२०८३’ नाममा लागेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको छ ।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकसम्बन्धी कार्य लक्ष्मी क्यापिटल मार्केट लिमिटेडमार्फत हुने भएको छ । बिक्री प्रबन्धकसम्बन्धी कार्य गर्न लक्ष्मी क्यापिटलसँग सम्झौता गरेको बैंकले जनाएको छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ, जसमध्ये ४० प्रतिशत अर्थात् १ अर्ब २० करोडबराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत ठूला तथा संस्थागत लगानीकर्तालाई बिक्री गरिने बैंकले जनाएको छ ।
सात वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशतका दरले अर्धवार्षिक ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबरा र लक्ष्मी क्यापिटल मार्केटका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्