Logo
Logo

मुलुकी संहिता संशोधनसम्बन्धी विधेयक पारित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० चैत । ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सोसम्बन्धी प्रस्ताव राखेका थिए ।


विधेयकमाथिको छलफलका क्रममा सांसदले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री ढकालले जनताको दैनिकीसँग जोडिएका कानूनमा भएका जटिलता फुकाउन सरकार सधैँ सकारात्मक रहेको धारणा व्यक्त गरेका थिए । छलफलमा प्रेम सुवाल, पुष्पा भुसाल, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङलगायतले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्