Logo
Logo

निषेधाज्ञाको समयमा घरबाटै समातिए फरार अभियुक्त


दृष्टि संवाददाता



विराटनगर । ज्यान सम्बन्धी कसूरका ४ जना फरार अभियुक्तहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा केराबारी गाउँपालिका–३ बस्ने ४४ वर्षीय डिक बहादुर राई, ३६ वर्षीय बुद्धबीर लिम्बु, १९ वर्षीय राम प्रसाद राई र लेटाङ नगरपालिका–१ बस्ने १९ वर्षीय विपन लिम्बु रहेका छन् ।


केराबारी गाउँपालिका–३ स्थित बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा शिकार खेल्न गएकोमा अवस्थामा गत बैशाख ८ गते साँझ भरुवा बन्दुकको गोली लागेर सोही ठाउँ बस्ने ३२ वर्षीय हस्त कुमार राईको मृत्यु भएको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न रही फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । साथै उक्त वनमा लुकाई राखेको ३ थान भरुवा बन्दुक र लेटाङ नगरपालिका–१ स्थित जंगलको ओडारमा लुकाई राखेको १ थान गरी जम्मा ४ थान भरुवा बन्दुक समेत प्रहरीले फेला पारी बरामद गरेको छ ।
साथै सोही घटनामा संलग्न केराबारी गाउँपालिका–३ बस्ने २६ वर्षीय रुबिन लिम्बु र ३७ वर्षीय गजेन्द्र बहादुर राईलाई बैशाख ९ गते उनीहरुकै घर वतनबाट प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ व्यक्तिहरु उपर ज्यान सम्बन्धी र हातहतियार खरखजना कसूर सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्