Logo
Logo

प्रहरी अधिकृतको ध्यान कामका भन्दा प्रचारमा


दृष्टि संवाददाता


काठमाडौं । मुख्य जिम्मेवारीमा कमजोर रहेका केही प्रहरी अधिकारीहरु आफ्नो कार्यकालमा बनेका भबन , बाटो, धारा , पोस्ट मात्र होइन ट्वाइलेटको समेत फोटो फेसबुकमा राखेर प्रचारमा तल्लिन छन् ।

संगठनका लागि काम नगर्ने तर गरेजस्तो देखाउन सस्तो लोकप्रियताका लागि सामाजिक सजालको सहारा लिंदा दर्जाको बेइज्जत समेत भएको छ । यसरी काम भन्दा धेरै प्रचार गर्नेमध्ये एक हुन् डिआइजी किशोर प्रधान ।

बिन्धबासिनी बाहिनी लुम्बिनीका प्रमुख रहेका उनी कहिले बाहिनीमा पार्क बनाएको त कहिले सीमा अनुगमनको भन्दै प्रचार गर्न लगाउंछन् । तर, उनको नेतृत्व कमजोर हुँदा सीमामा अवैध आवातजावात र तस्करी भने नरोकिएको स्रोत बताउँछ ।

डिआइजी जस्तो पदमा रहेका व्यक्तिले सीमा अनुगमनमा गएको भनेर प्रचार गरेको देखेर तल्लो तहका अधिकृत समेत अचम्ममा परेका छन् । जबकी संगठनले यस्ता तस्वीर सामाजिक सञ्जालमा राख्न प्रतिबन्ध लगाएको छ । प्राविधिक पृष्ठभुमीका डिआइजी प्रधानसँग अर्धसैन्य बलको कमान्डिङमा राम्रो अनुभव समेत छैन ।

प्रचारबाजिमा रमाउने अर्का अधिकृत हुन् एसएसपी भेषबहादुर शाह । कहिले ब्रीफिङ गरेका त कहिले सलामी खाएका तस्बिर सामाजिक संजालमा राखेर अपरिपक्व पारा देखाउने गरेका छन् । मातहत कार्यालय निरीक्षण गर्दा समेत श्रीमतीसहित जाने गर्दछन् ।

हाल ककनीस्थित तालिम केन्द्रमा रहेका उनी अहिले चाहिं बाटोमा ढुंगा छापेका र पोस्ट बनाएका तस्बिर हाल्न ब्यस्त छन् । यती साना कामको प्रचार गर्ने तर तर कर्मचारीलाई बिदा छाडेर राशनको पैसा भने आफुले लिने गरेको एक प्रहरी बताउँछन् ।

प्राबिधिक पृष्ठभुमि भएका र कमाण्ड कन्ट्रोल कमजोर रहेका एसएसपी कृष्ण राज पाठक पनि यस्तै कार्यशैली भएका अधिकृत हुन् । पाठक बांकेस्थित तालिम केन्द्रमा कार्यरत छन् । उनको नेतृत्वमा तालिमकेन्द्रमा बिकृति बढेको कर्मचारीको गुनासो छ । ‘उहाँ राशन हेर्ने क्वार्टरमास्टर हो कि हबल्दार मेजर हो छुट्टयाउन गार्हो छ,’ तालिमकेन्द्रका एक कर्मचारीले भने ।

प्रतिक्रिया दिनुहोस्