Logo
Logo

मन्त्रिपरिषद्का निर्णयः जर्मनीमा जग्गा बेच्नेदेखि विभिन्न निकायमा नियुक्तिसम्म


दृष्टि संवाददाता



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुक्रबार पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेका छन् ।
गत साता र यो साता बसेकाे मन्त्रिपरिषद् बैठकले विभिन्न नियुक्त तथा नियमावलीहरु स्वीकृत गरेको छ । बैठकले मेलम्ची खानेपानीको पानी चुहावट रोक्न १३ करोड निकासा भएको छ । राजदूत नियुक्तिसम्बन्धि नियमावली संशोधन भएको छ ।


प्रधानमन्त्री प्रतिभा पुरस्कार कोषको नियमावली बनाउने निर्णय भएको छ ।
जर्मनीको बोनस्थित नेपाली दूतावासको जग्गा बिक्रि गर्ने निर्णय भएको मन्त्री गुरुङले बताए ।
त्यस्तै, बैठकले नागरिकतासम्बन्धि नियमावली पनि संशोधन गरेको छ । दुई साताअघि ल्याइएको अध्यादेशका आधारमा नियमावली बनेको हो । बिहीबारको मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेतलाई चार वर्षका लागि नियुक्ति गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्