Logo
Logo

नबिल बैंकले बोलायो विशेष साधारणसभा


दृष्टि संवाददाता


काठमाडौं । नबिल बैंकले आगामी असार ५ गते विशेष साधारणसभा आह्वान गरेको छ । युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रयोजनका लागि बैंकले सो दिन ११ बजे काठमाडौंको दरबारमार्गस्थित बैंकको प्रधान कार्यालयमा विशेष साधारणसभा बोलाएको हो ।

सभाले युनाइटेड फाइनान्सको १ कित्ता सेयर बराबर उक्त कम्पनीका सेयरधनीहरुलाई नबिल बैंकको ०.३५ कित्ता अर्थात १ बराबर ०.३५ सेयर प्रदान गर्ने गरी स्वीकृति दिने विशेष प्रस्तावलाई अनुमोदन गर्ने छ । साथै उक्त सभामा जाने प्रयोजनको लागि बैंकको आगामी जेठ २८ गते एक दिन बुक क्लोज हुनेछ । उक्त सभा आभौतिक माध्यमबाट हुने बैंकले जानकारी गराएको छ ।

नबिल बैंक र युनाइटेड फाइनान्सबीच प्राप्तिका लागि गत वैशाख १७ प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट मर्जर÷प्राप्ति कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेड फाइनान्सका तर्फबाट मर्जर÷प्राप्ति कमिटी सदस्य मनिष खेम्काले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्