Logo
Logo

न्यूरोडमा १३ लाखसहित १५ जुवाडे पक्राउ


दृष्टि संवाददाता



काठमाडौं । काठमाडौंको न्यूरोडमा जुवा खेलिरहेका १५ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले जुवाडेबाट १३ लाख बरामद गरेको छ ।


निषेधाज्ञाको बेलामा उनीहरु पाकोस्थित एक घरमा बसेर जुवा खेलिरहेका थिए । प्रहरीले छापा हान्दा भाग्न खोज्ने क्रममा एक भाग्न खोज्दा लडेर घाइते भएका छन् । ठूलो रकम हारजीत हुने जुवा खालमा छापा हानिएको र थप अनुसन्धान भइरहेको काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्