Logo
Logo

तीन मन्त्री हटाइए


दृष्टि संवाददाता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन मन्त्री हटाएका छन् । राजपाका नेतालाई मन्त्री बनाउन तीन मन्त्री हटाइएको हो ।


भूमीसुधार मन्त्री डा शिवमाया तुम्बाहाम्फे, वनमन्त्री प्रेम आले र महिला मन्त्री जुली महतोलाई हटाइएको हो । भुमीसुधारमा लक्ष्मणलाल कर्ण, बनमा एकबाल मियाँ तथा महिला मन्त्रीमा चन्दा चौधरीलाई नियुक्त गरिएको छ । राजपाका ८ नेतालाई मन्त्री तथा दुईलाई राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।

अन्य सात मन्त्रालय भने पूर्व माओवादी मन्त्रीहरु हटेपछि रिक्त भएको थियो ।

स्रोतका अनुसार अन्य मन्त्री पनि हट्ने सम्भावना छ । रघुवीर महासेठलाई पनि उपप्रधानमन्त्रीसहित सरकारमा ल्याउन लागिएको छ । अर्थमन्त्री विष्णु पौडेललाई समेत उपप्रधानमन्त्री दिने सहमति भएको छ ।


नयाँ मन्त्रीहरुः

१.राजेन्द्र महतो-उपप्रधान मन्त्री तथा शहरी विकास

२.शरत सिहं भण्डारी -उर्जा

३.अनिल झा-खानेपानी

४.बिमल श्रीवास्तव-श्रम

५.उमाशंकर अरगरिया-युवा

६.लक्ष्मणलाल कर्ण-भुमिसुधार

७.चन्दा चौधरी -महिला

८.एकबाल मियाँ-वन

९.चन्द्रकान्त चौधरी -उर्जाराज्य

१०.रेणुका गुरुङ -महिलाराज्य

प्रतिक्रिया दिनुहोस्