Logo
Logo

लकडाउनमा कौडाको खाल, भाग्न खोज्दा खुट्टा भाँचियो


दृष्टि संवाददाता



काठमाडौं । लकडाउनको समयमा कौडा खेलिरहेका १५ जनालाई प्रहरीले न्यूरोडको एक घरबाट पक्राउ गरेको छ । न्यूरोडस्थित पूर्णलाल महर्जनको घरमा जुवा खेलिरहेको समूहलाई प्रहरीले १३ लाख ४३ हजार नगदसहित पक्राउ गरेको हो ।


अजय श्रेष्ठले त्यहाँ जुवा खेलाएको प्रहरीले जनाएको छ । प्रहरीले छापा हान्दा ज्ञानभक्त बलामीको खुट्टा भाँच्चिएको छ । उनीहरुबाट कौडा र तास बरामद भएको काठमाडौं परिसरका एसपी रमेश बस्नेतले बताए ।


को को पक्राउ परे ?

  • का.जि.मनहरा कागेश्वरी न.पा.वडा नं.८ बस्ने वर्ष ४९ को विनोद कार्की
  • जि.काभ्रे दाप्चा न.पा.वडा नं.९ घर भई हाल का.जि.का.म.न.पा.वडा नं.६ बौद्ध बस्ने वर्ष ३३ को अजय लामा
  • का.जि.तार्केश्वर न.पा.वडा नं.४ बस्ने वर्ष ४३ को मुरारी भण्डारी
  • जि.रामेछाप सुनाकोठी गा.पा.वडा नं.१ घर भई हाल जिल्ला भक्तपुर कौशलटार बस्ने वर्ष २५ को विशाल चौलागाईं
  • जि. मकवानपुर घर भई हाल काठमाडौं कलंकी बस्ने वर्ष २९ को राजु मोक्तान
  • का.जि.बुढानिलकण्ठ न.पा.वडा नं.१ बस्ने वर्ष ४० को छिरिङ लामा
  • का.जि.का.म.न.पा.वडा नं.२२ बस्ने वर्ष ५७ संजिव श्रेष्ठ
  • का.जि.कीर्तिपुर न.पा.वडा नं.६ चोभार बस्ने वर्ष ३५ को सुमन कार्की
  • जि.धादिङ ज्वालामुखी गा.पा. घर भई हाल काठमाडौं सतुङगल बस्ने वर्ष ३० को भरत ईटानी
  • जि. रामेछाप खाँडादेवी गा.पा. वडा नं.२ घर भई हाल काठमाडौं गोठाटार बस्ने वर्ष ४२ को कल्याण कार्की
  • जि.गोर्खा सिरानचोक गा.पा.वडा नं.७ घर भई हाल काठमाडौं सितापाईला बस्ने वर्ष ३३ को कुमार लामिछाने
  • ललितपुर जिल्ला ल.म.न.पा.वडा नं.१७ बस्ने वर्ष ४८ को नरेन्द्र महर्जन
  • जि.सप्तरी धरमपुर गा.पा.वडा नं.८ घर भई हाल काठमाडौं टेकु बस्ने वर्ष ४० को सुमन खड्का
  • का.जि.का.म.न.पा. वडा नं.१८ बस्ने वर्ष ६४ को पञ्च नारायण महर्जन
  • जिल्ला काठमाडौं बाफल बस्ने वर्ष ४५ को ज्ञान भक्त बलामी  

प्रतिक्रिया दिनुहोस्