Logo
Logo

डा. भट्टराईले सोधे ‘पहिलो दिनको परीक्षा कस्तो भयो ?’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० चैत । नेपाली फिल्म क्षेत्रकी सदावहार अभिनेत्री करिश्मा मानन्धर आइतबार आठ नबज्दै डिल्लीबजारस्थित बिजय स्मारक स्कुल पुगिन् । ब्लू कलरको कारमा सरर त्यहा“ एसइई उनी सबैको आँखाको तारो बनिन् । नेपाली फिल्मकी सुन्दर अभिनेत्रीले उक्त विद्यालयबाट एसइई परीक्षा दिँदैछिन् भन्ने सुनेपछि केही रंगपत्रकार पनि त्यहाँ पुगेका थिए । ती पत्रकारका लागि करिश्माले केही पोज दिइन् ।
आइतबारदेखि सुरु भएको एसइई परीक्षा सहभागी अभिनेत्री करिश्मालाई डिस्टिनेशन आवश्यकता छैन । करिश्मा भन्छिन्, ‘मलाई पास भए पुग्छ ।’ तर, करिश्मालाई पास मात्र होइन, डिस्टिनेशन नै ल्याएजस्तै गरी शुभकामना ओइरिरहेको छ । उनका समकक्षी र प्रशंसकले त शुमकामना दिए नै, नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पनि परीक्षाको सफलताको शुभकामना दिए । स्रोतका अनुसार परीक्षा सकेपछि पनि डा. भट्टराई करिश्मालाई फोन गरे सोधे, ‘परीक्षा कस्तो भयो ?’
डा. भट्टराईले करिश्मालाई यसरी सोध्नुको कारण अरु केही होइन । अभिनेत्री करिश्मा नयाँ शक्ति पार्टीको सदस्य भएकाले आफ्नो कार्यकर्ताको हैसियतले डा. भट्टराईले सम्पर्क गरेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्