Logo
Logo

भारतमा दुई महिनायताकै न्यून संक्रमण


दृष्टि संवाददाता



काठमाडौं । छिमेकी देश भारतमा कोरोना संक्रमण ओरोलो लाग्ने क्रममै छ । शनिबार पछिल्लो ५८ दिनकै न्यून संक्रमण पुष्टि भएको छ ।
२४ घन्टामा एक लाख २० हजार ५२९मा संक्रमण पुष्टि भएको छ । भारतमा विगत तीन सातादेखि संक्रमण घटिरहेको छ । यो अवधिमा एक लाख ९७ हजार निको भएका छन् ।


संक्रिय संक्रमितको संख्या पनि भारतमा आधा भन्दा धेरै घटेको छ । संक्रमण उच्च बिन्दुमा पुग्दा सक्रिय संक्रिमतको संख्या ३६ लाख पुगेकोमा हाल १५ लाख ५५ हजारमा झरेको छ ।
मृत्यु भने अझै धेरै छ । भारतमा २४ घन्टामा तीन हजार तीन सय ८० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्