Logo
Logo

नेपाल जापान श्रम सम्झौता आज, नेपालीले काम गर्ने क्षेत्र पहिचान गरिने


- दृष्टि न्युज/संवाददाता


नेपाल जापान श्रम सम्झौता आज, नेपालीले काम गर्ने क्षेत्र पहिचान गरिने
काठमाडौं ।

नेपाल र जापनबीच सोमबार ९आज० श्रम सम्झौता हुने भएको छ। जापानमा नेपाली श्रमिक लैजानको लागि नेपाल सरकार प्रतिनिधी र जापान सरकारका प्रतिनिधि बीच श्रम सम्झौता ९एमओसी० मा हस्ताक्षर गर्न लागिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

जापानले कृषि, मत्स्यपालन, औद्योगिक, होटल, रेष्टुरेन्ट, पर्यटन लगायत १४ क्षेत्रमा नेपाललगायतका नौ देशका श्रमिक लैजाने नीति लिएकोमा नेपालसँग श्रम सम्झौता गर्न थालेको हो। नेपाली कामदारलाई कुन क्षेत्रमा लैजाने भन्ने विषय सम्जौतापछि मात्रै टूंगो लाग्न श्रम मन्त्रालयका प्रतिनिधिहरूले बताएका छन्।

जापानले पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार नौ देशबाट कामदार लैजाने नीति लिएकोमा नेपालबाट वार्षिक कति भन्ने सवालमा पनि सम्झौता पनि नै नसर्क्यौल गरिने जनाइएको छ। जापानको रोजगारीका लागि १८ वर्षमा माथिका युवा युवती मात्रै योग्य हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्