Logo
Logo

जोय फाउन्डेशनमार्फत एक सय अक्सिजन कन्सन्ट्रेटर सहयोग


दृष्टि संवाददाता



काठमाडौं । कोरोना महामारीको समयमा अक्सिजनको अभाव झेलिरहेका बेला जोय फाउन्डेसन नेपालमार्फ विभिन्न सरकारी अस्पताललाई एक सय वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग सुरु गरिएको छ । मिलारेपा मेडिटेसन सेन्टर साँखुले ताइवान एलजेएम च्याटिरेबल फाउन्डेसन र ताइवान एलजेएम बुद्धिष्ट सोसाइटीमार्फत ती कन्सन्ट्रेटर सहयोग गरेको हो । मिलारेपाले शनिबार एक कार्यक्रमबीच अक्सिजन कन्सन्ट्रेट हस्तान्तरण गरेको छ ।


सहयोग प्राप्त कन्सन्ट्रेटर शनिबारदेखि नै देशका दुर्गम क्षेत्रका अस्पताललाई प्रदान गरिने जोय फाउन्डेसन नेपालका अध्यक्ष राजु श्रेष्ठले बताए । कोभिड–१९ का बिरामीलाई हुने श्वासप्रश्वाससम्बन्धि समस्यासँग लड्न अक्सिजन अत्यावश्यक भएको तर बिरामीले पर्याप्त नपाउँदा समस्या भएको अवस्थामा यो सहयोगले ठूलो योगदान पुग्ने श्रेष्ठको भनाई छ । उनले सहयोगप्रति मिलारेप मेडिटेसन सेन्टरलाई धन्यवाद दिएका छन् ।
सहयोग प्राप्त कन्सन्ट्रेटर नुवाकोट, स्याङजा, म्याग्दी, गोरखा, सोलुखुम्बु, मनाङ, कास्की र बर्दिया लगायत जिल्लामा वितरण गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्