Logo
Logo

‘मिनी रङ्गशाला’ बनाउन पहल गर्छु : मन्त्री विश्वकर्मा


- दृष्टि न्युज/संवाददाता


लमही ।  युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले तुलसीपुरको अरनिको मैदानलाई ‘मिनी रङ्गशाला’को रुपमा विकास गर्न पहल थाल्ने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाले आज आयोजना गरेको भेटघाटमा उहाँले भन्नुभयो, “अरनिको मैदानलाई मिनी रङ्गशाला बनाउने योजना बनाउनुस्, म सहयोग गर्छु ।”


उहाँले तुलसीपुर उपमहानगरपालिका खेलकूद विकास गर्नका लागि पूर्वाधार निर्माणको काम अघि बढाउन मन्त्रालयले सहयोग गर्ने बताउनुभयो । खेलको विकासका लागि खेलकूद संरचना अपरिहार्य रहेको भन्दै उहाँले त्यसका लागि मन्त्रालयले पहल थाल्ने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिका भित्र एउटा सुविधा सम्पन्न खेलमैदान नहुँदा समस्या भएको बताउनुभयो । उपमहानगरका खेल संयोजक अमर नेपालीले खेल मैदानको नाममा अरनिको मैदान मात्रै रहेको भन्दै थप पूर्वाधार निर्माणमा मन्त्रालयले पहल थाल्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्