Logo
Logo

लैनचौर वृत्तका डिएसपी कारबाहीमा, अन्य डिएसपी छानबिनमा


दृष्टि संवाददाता



काठमाडौं । आर्थिक लेनदेनको आरोपमा महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दीपक खड्का कारबाहीमा परेका छन् । उनलाई त्यहाँबाट हटाइएको छ ।


ठमेलका होटल व्यवसायीसँग पैसा लिएको आरोप उनीमाथि छ । खड्का वृत्तमा पुगेको करिब एक वर्ष भएको छ । उनलाई त्यहाँबाट हटाएर काठमाडौं परिसरमा जिम्मेवारी दिइएको छ । डिएसपीका लागि सर्वाधिक प्रतिस्पर्धा हुने लैनचौर वृत्तमा नयाँ डिएसपी पठाइएको छैन ।


काठमाडौंका अन्य वृत्तका डिएसपीहरु समेत छानबिनमा रहेको स्रोत बताउँछ । उनीहरुले निषेधाज्ञाको समयमा पनि आफ्नो क्षेत्रका होटल तथा रेस्टुरेन्ट गोप्य रुपमा सञ्चालन गर्न दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्