Logo
Logo

कोरोना संक्रमण घट्दै, ३४७९ जनामा संक्रमण पुष्टि


दृष्टि संवाददाता



काठमाडौं । पछिल्लो २४ घन्टामा ३४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये तीन हजार २४ पिसिआर प्रविधिमार्फत तथा चार सय ५५ जना एन्टिजेन परीक्षणमा संक्रमण पुष्टि भएको हो । २४ घन्टामा संक्रमणदर २८.९ प्रतिशत छ ।

पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट १० हजार १७४ तथा एन्टिजेनबाट ३ हजार ३६२ को परीक्षण गरेको थियो । यो अवधिमा ९९ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार ४७ जिल्लामा संक्रिय संक्रमितको संख्या पाँच सय भन्दा धेरै छ ।
त्यस्तै, उपत्यकामा ११३१ जनामा संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितको संख्या पछिल्लो एक महिनायताकै न्यून छ । तर, संक्रमणतर अझै उच्च भएकाले नेपालमा जोखिम कायमै भएको देखिन्छ । संक्रमणदर ५ प्रतिशत भन्दा कम हुँदा मात्र जोखिम कम हुने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्