Logo
Logo

सुर्खेत एमाले सचिव पदमुक्त


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमाले सुर्खेतले जिल्ला कमिटी सचिव मोहनसिंह बडुवाललाई पदमुक्त गरेको छ ।

माधव पक्षका नेता बडुवालको अध्यक्षतामा सुर्खेतमा समानान्तर कमिटी गठन गरिएपछि जिल्ला कमिटिको बैठकले एमालेबाट पदमुक्त गर्ने निर्णय गरेको हाे ।

अध्यक्ष ध्रुवकुमार शाहीले अनुसार सरकार र पार्टीविरुद्ध विपक्षी गठबन्धनमा सहभागी भई विज्ञप्ति जारी गर्ने, आन्दोलनको आव्हान गर्ने र आफ्नो नेतृत्वमा एमाले जिल्ला कमिटी घोषणा गरी पार्टी विधानविपरीत गतिविधि गरेकाले बडुवाल पदमुक्त भएका हुन् ।

त्यस्तै पार्टी एकता र भावना विपरीत गतिविधिमा संलग्न जनप्रतिनिधिलाई पनि स्पष्टीकरण सोध्ने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्