Logo
Logo

ओली २०७५ जेठ २ मा फर्कन तयार, सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता गर्नुपर्ने सर्त


दृष्टि संवाददाता



काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका सबै सांसदमाथिको कारबाही फिर्ता लिएका छन् । उनले पार्टीलाई २०७५ सालको जेठ ३ को अवस्थामा पुर्याउने निर्णय समेत गरेका छन् । आइतबार एक बिज्ञप्ती जारी गरी ओलीले यस्तो बताएका हुन् ।

यस्तो छ बिज्ञप्ती:


माधव नेपाल पक्षले नयाँ पार्टी खोल्ने निर्णय गरेपछि ओली ब्याक भएका हुन् । त्यसका लागि उनले सर्त राखेका छन् । प्रतिनिधिसभा बिघटनविरुद्ध अदालतमा दायर गरिएको निवेदन फिर्ता लिनुपर्ने । माधव नेपाल पक्षका २६ सांसदले त्यसमा हस्ताक्षर गरेका छन् ।

पार्टीलाई २ जेठ २०७५ को अवस्थामा पुर्याउन माधव नेपाल पक्षले माग राख्दै आएको थियो । त्यसमा ओली तयार भएपछि अब माधव नेपाल समूहले यसमा थप छलफल गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्