Logo
Logo

प्रदेश २ का चार मन्त्री बर्खास्त


दृष्टि संवाददाता



काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चार मन्त्रीलाई बर्खास्त गरेका छन् । महन्थ ठाकुर तथा राजेन्द्र महतो समूहका चार जना मन्त्रीलाई उनले बर्खास्त गरेका हुन् ।


मुख्यमन्त्री राउतले आइतबार साँझ ठाकुर समूहबाट मन्त्री बनेका जितेन्द्र सोनल, डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई बर्खास्त गरेका हुन् । जसपाभित्र बढेको विवादपछि मन्त्री बर्खास्त भएका छन् । उपेन्द्र यादब पक्षले नेपाली कांग्रेससँग मिलेर प्रदेश नम्बर २ मा सरकार बनाउन लागेको छ । आइतबार मात्र राउतलाई संसदीय दलको नेता चयन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्