Logo
Logo

प्राइम बैंकका अध्यक्षले श्रेष्ठले लिए शपथ


दृष्टि संवाददाता


काठमाडौं । प्राइम कमर्सिल बैंक लिमिटेडका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । २०७८ जेठ २३ आइतबार नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष श्रेष्ठलाई शपथ गराएका हुन् ।

सचालक समितिको २०७८ जेठ १४ मा बसेको ४२२औँ बैठकले सञ्चालक समितिको सदस्यको पदावधि कायम रहेसम्म श्रेष्ठलाई नै सञ्चालक समितिको अध्यक्षमा निरन्तरता दिने निर्णय गरिएको थियो ।

सो समारोहमा डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बमबहादुर मिश्र, निर्देशक एवं बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्