Logo
Logo

थप ४४७२ लाई संक्रमण, ६९५१ निको भए, ९२ को मृत्यु


दृष्टि संवाददाता



काठमाडौं । पछिल्लो २४ घन्टामा ४४७२ जनामा संक्रमण पुष्टि हुँदा ६९५१ निको भएका छन् । यो अवधिमा ९२ जनाले ज्यान गुमाएका छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर विधिबाट १२ हजार दुई परीक्षण हुँदा ३३७० तथा एन्टिजेनबाट ५९०१ मा परीक्षण हुँदा ११०१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो् २४ घन्टामा काठमाडौंमा ७९०, ललितपुरमा १९० तथा भक्तपुरमा एक सय ३५ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्