Logo
Logo

संक्रमणदर घट्यो, निको दर बढ्यो


दृष्टि संवाददाता



काठमाडौं । केही दिनयता नेपालमा काेराेना संक्रमणदर घटेको छ । पछिल्लो २४ घन्टामा भएको परीक्षणमा संक्रमणदर २४.९७ प्रतिशत देखिएको छ । २४ घन्टामा ४४७२ जनामा संक्रमण पुष्टि हुँदा ६९५१ निको भएका छन् ।

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर विधिबाट १२ हजार दुई परीक्षण हुँदा ३३७० तथा एन्टिजेनबाट ५९०१ मा परीक्षण हुँदा ११०१ जनामा संक्रमण पुष्टि भएको छ। नेपालमा संक्रमणदर ४६ प्रतिशतसम्म पुगेकोमा गत साता ३० प्रतिशतमा झरेको थियो । सोमबार २५ प्रतिशत हाराहारीमा झरेको छ ।

निको हुने दर पनि बढ्दै गएको छ । नेपालमा निकोदर ८४.२ प्रतिशत पुगेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या ८५ हजार ५४४ छ ।

प्रतिक्रिया दिनुहोस्