Logo
Logo

वन मुद्दामा सजाय सुनाइएका फरार पाँच जना पक्राउ


दृष्टि संवाददाता


दाङ । जिल्ला अदालत दाङले सामूहिक वन मुद्दामा सजाय सुनाएका फरार पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–२ निमुरियाका ५४ वर्षीय गिरिराज गिरी, ५३ वर्षीय रामप्रसाद पाण्डे, ५६ वर्षीय सीता देवकोटा, ४४ वर्षीय लालबहादुर चौधरी र ४७ वर्षीय आलोक घिमिरे छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरुविरुद्ध २०७४ साल चैत्र १४ गते देउखुरी जिल्ला अदालतले वन मुद्दामा एक लाख ३८ हजार ९ सय १७ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । पक्राउ परेकाहरुलाई जरिवाना असूलीका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्