Logo
Logo

काठमाडौंका सडकमा इटालीयन ब्रुमर, कहाँ–कहाँ चल्छन् ब्रुमर ?


- दृष्टि न्युज/संवाददाता



काठमाडौं ।
काठमाडौं महानगरपालिकाले मंगलबारदेखि इटालियन ब्रुमरले सडक सफा गर्दै छ । राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम गरी ब्रुमर सञ्चालनमा ल्याउन लागेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

अनुसार महानगरका अनुसार सुन्धारा, टुँडीखेलआसपास, थापाथली, बानेश्वर, तीनकुने, एयरपोर्ट, पुतलीसडक, सिंहदरबार, हात्तीसार, दरबारमार्ग, कलंकी, बल्खु, कालीमाटी, टेकु,, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, त्रिपुरेश्वर, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर,सीनामंगललगायतका स्थानमा ब्रुमर सञ्चालन हुनेछन् ।

आजबाट औपचारिक रुपमा दैनिक ४० घण्टा (एउटा आठ घण्टाका दरले चल्ने) काठमाडौँ महानगरपालिकाको धुलो टिप्न यस्ता पाँच ओटा बु्रमर लागि पर्ने महानगरपालिकाले जनाएको छ । इटालियन ब्रुमरको काम औपचारिक उद्घाटन कार्यक्रम काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबाट आज मंगलबार १ बजे राष्ट्रियसभा गृहबाट गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्