Logo
Logo

प्रमुख निर्वाचन आयुक्तमा संघीय मामिला मन्त्रालयका सचिव थपलिया सिफारिस


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं ।

प्रमुख निर्वाचन आयुक्तमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव दिनेशकुमार थपलियाको नाम सिफारिस भएको छ।

सोमबार बसेको संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा थपलियालाई सिफारिस गरेको हो। संखुवासभा निवासी थपलिया हुन। निर्वाचन आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्त गरी पाँच जना सदस्य रहन्छन् । हाल नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीर शाह आयोगका सदस्य कायम छन् ।

आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादव र आयुक्त इला शर्माले आइतबारमात्र अवकास पाएका भई सकेका छन् । सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित थिए। देउवालाई एक घण्टा भन्दा बढी कुर्दा पनि अनुपस्थित भएपछि परिषद्को बैठक बसेको थियो। नेपाली कांग्रेस संसदीय दलका नेता देउवाले बैठकमा आफू उपस्थित हुन नसक्ने जानकारी लिखित रूपमा गराएको परिषदले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्