Logo
Logo

चन्द समूहले गर्‌यो आन्दोलनको घोषणा (विज्ञप्तिसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

नेकपा विप्लव समूहले आफूमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

सरकारले लगाएको प्रतिबन्धविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आन्दोलनको घोषणा गरेको छ । चैतभित्र प्रतिबन्ध हटाउन माग गर्दै उसले नभए सरकारका कार्यक्रममाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।
सरकारले भने चन्द नेतृत्वको नेकपालाई हतियार बिसाएर वार्तामा आउनका लागि चैत महिनासम्मको अल्टिमेटम दिएको छ।

देशभर चोक जुलुस, १४ गते कोणसभा, १५ गते मसाल जुलुस र १६ गते शनिबार नेपाल बन्द गर्ने विप्लवको विज्ञप्तिमा उल्लेख छ । एसईई परीक्षा दिइरहेका विद्यार्थीलाई असर नपरोस् भनेर शनिबार बन्द आहृवान गरिएको उसले बताएको छ ।

विप्लव समूहले १९ गते देशभर अन्तरक्रिया, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन, २२ र २३ गते कालो झण्डा प्रदर्शन र २४ गते देशभर जनप्रदर्शन गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्