Logo
Logo

उपत्यकामा डेढ महिना यताकै न्यून संक्रमण


दृष्टि संवाददाता



काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा डेढ महिनायताकै न्युन संक्रमण देखिएको छ । यो अवधिमा ९ सय १५ जनामा संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६७९, ललितपुरमा एक सय ५१ तथा भक्तपुरमा ८५ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा दैनिक ४२ सयसम्म संक्रमण भएको थियो । जून तीन सातायता निरन्तर घटेको छ । उपत्यकामा सक्रिय संक्रमितको संख्या तीन सातामा आधा घटेको छ ।
संक्रमण घटेपछि उपत्यकामा असार १ गते निषेधाज्ञा खुुकुलो बनाउन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्