Logo
Logo

नेपाल क्रिकेट संघको आर्थिक कार्यविधि परिमार्जनसहित पारित


दृष्टि संवाददाता


काठमाडाैं । नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक आर्थिक कार्यविधि परिमार्जन गरेर नयाँ बनाएको छ । सन् २००१ मा बनाएको आर्थिक नियमावलीलाई परिमार्जन गरेर २०७७ मा आधारित भएर नयाँ कार्यविधि तयार गरेर पारित गरेको हो ।

कार्यविधि अनुसार संघको काममा स्वदेश वा विदेशमा भ्रमण वा काजमा पदाधिकारी सदस्य, खेलाडी, कर्मचारी वा अन्य व्यक्तिलाई अध्यक्षले भ्रमण आदेश दिन सक्छन् । तर, निरन्तर एक महिनाभन्दा बढी अवधिको विदेश भ्रमणको लागि कार्यसमितिबाट अनिवार्य रुपमा अनुमोदन गर्नुपर्ने प्रावधान राखिएकाे छ ।

यस्तै, राष्ट्रिय क्रिकेट खेलाडीले हरेक एकदिवसीय खेल बापत १० हजार र टी-ट्वान्टी बापत ५ हजार रुपैयाँ पाउने भएका छन् । त्यस्तै महिला टोलीका खेलाडीले भने एकदिवसीयमा ५ हजार र टी-ट्वान्टीमा ३ हजार पाउने कोषाध्यक्ष सिंहले जानकारी दिए ।

क्यानको नयाँ कार्यविधिले प्रदेश र जिल्ला संघलाई पनि प्रशासनिक खर्च बापत ३ लाख र एक लाख दिने निर्णय गरेको छ ।अब क्यानको बन्द प्रशिक्षणमा  परेका खेलाडीले समेत प्रति दिन पाँच सयको दरले भत्ता पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्