Logo
Logo

बाँकेमा कोरोना घट्यो, प्रहरी सेटिङमा जुवा अखडा बढ्यो


दृष्टि संवाददाता



काठमाडौं । बाँके जिल्लामा कोरोना संक्रमण घटिरहँदा मिनि क्यासिनो शैलीका जुवा अखडा बढ्दै गएका छन् । प्रहरीसँगकै सेटिङमा यस्ता अखडा निर्धक्क सञ्चालन भइरहेका छन् ।


जिल्लामा हाल दैनिक दर्जन भन्दा धेरै जुवा अखडा सञ्चालन हुने गरेको स्रोत बताउँछ । नेपालगञ्ज र कोहलपुरमा विभिन्न ठाउँमा दैनिक करोडौंको हारजीत हुने गरेको छ । पुरानै जुवाडेहरुले सेटिङमा यस्ता मिनि क्यासिनो सञ्चालन गरेका छन् ।
नेपालगञ्जको सैनिक खजुरा क्षेत्रमा विनोद खड्का, मोहित शाह, दीपक थापा तथा कोहलपुरमा शिशिर गिरी, दीपेन्द्र गिरी, सुरेश अधिकारी, विपिन शाहीको समूह जुवा खेलाउन सक्रिय भएको हो । यसअघि जुवामा पक्राउ परेका मेगाश्री गुट्काका मालिक सन्तोष वली, रहमान लगायत फेरि सक्रिय भइरहेका छन् ।
स्रोतका अनुसार कैलाली, बर्दिया, दाङका पेशेवर जुवाडे समेत जुवा खेल्न नेपालगञ्जका अखडा पुग्ने गरेका छन् । उनीहरुलाई खाने बस्ने सुविधा सिद्धार्थ होटलमा मिलाइएको स्रोत बताउँछ । ‘सबै जसो अखडामा प्रहरीसँगको सेटिङ मिलाइएको छ, सिडिओको नाममा समत पैसा छुट्याउने गरिन्छ,’ स्रोत भन्छ,‘प्रहरीले मात्र दैनिक एक लाख असुल्ने गरेकोछ ।’ घुुमवा प्रहरीहरु दैनिक रुपमा पैसा लिन अखडा पुग्ने गरेका छन् । प्रहरी सेटिङकै कारण ठूला व्यापारीहरु समेत निर्धक्क जुवा खेल्ने जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्