Logo
Logo

जुवाखालमा युवती राखेर सामूहिक यौन शौषण


दृष्टि संवाददाता



हेटौंडा । हेटौंडा–४ बैंक रोडस्थित जुवाको खालबाट नगदसहित पक्राउ परेका ६ जनालाई एक युवतीसँग सामूहिक सम्बन्ध राखेको खुलेको छ । युवतीको इच्छाविपरीत सम्बन्ध राखेको अनुसन्धान खुलेको छ ।


जसअनुसार पक्राउ परेका ६ जुवाडोलई जबरजस्तीकरणी मुद्दा समेत चाउन लागिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार खालबाट पक्राउ परेको पाँच जना र अनुसन्धानको क्रममा पक्राउ परेको थप एक जनाले किशोरीलाई बन्धक बनाएर जबरजस्ती करणी गरेको खुल्नमा आएको छ । ती किशोरीले आफूलाई बन्धक बनाई जबरजस्ती करणी गरेको उजुरी दिएपछि उनीहरुमाथि मुद्दा दर्ता गरिएको प्रहरी प्रवक्ता रिमालले जानकारी दिए ।

जुवाको खालबाट पक्राउ पर्नेमा ती पीडित किशोरी पनि थिइन् । पक्राउ परेपछि आफुमाथि सामूहिक बलात्कार गरेको उनले बताएकी हुन् । उजुरीका आधारमा थप एक जनालाई बुधबार बिहान पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिए । पक्राउ पर्नेहरुमा ४० वर्षीय रुस्तम कोइराला, ५४ वर्षीय अमर प्रधान, ४० वर्षीय प्रकाश मानन्धर, ३३ वर्षीय विनोद घर्ती र चितवनका ४४ वर्षीय सुरेश पौडेल छन् । उनीहरुमाथि अनुसन्धानका सरकारी वकिलको कार्यालयबाट १० दिनको म्याद थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्