Logo
Logo

अमेरिकी राष्ट्रपति बाइडेन यूरोप भ्रमणमा, विश्वलाई ५० करोड डोज खोपको घोषणा हुँदै


दृष्टि संवाददाता



काठमाडौं । अमेरिकाले आगामी दुई वर्षमा ५० करोड डोज खोप विश्वका एक सय भन्दा धेरै देशलाई दिने भएको छ । पहिलो विदेश भ्रमणका लागि बेलायत जान लागेका अमेरिका राष्ट्रपति जोय बाइडेनले बिहीबार त्यहाँ यससम्बन्धि घोषणा गर्ने तयारी गरेका छन् ।


विश्वमै कोरोनाविरुद्धको भ्याक्सिनको चर्काे अभाव भइरहेका बेला अमेरिकाले ठूलो मात्रा भ्याक्सिन दिने तयारी थालेको छ । उनले त्यसका लागि भ्याक्सिन निर्माता कम्पनीहरु फाइजर र बायान्टेकसँग सम्झौता गरिसकेको द न्यूयोर्क टाइम्सले लेखेको छ ।


यो घोषणबाट नेपाललाई समेत राहत हुन सक्ने देखिएको छ। न्यूयोर्क टाइम्स्को समाचारअनुसार सन् २०२१ विरुद्ध २० करोड र अर्काे वर्ष ३० करोड खोप अमेरिकाले विश्वका विभिन्न एक सय देशलाई दिने छ । यसअघि बाइडेनले गत साता विभिन्न देशलाई कोभ्याक्समार्फत दुई करोड ५० लाख डोज खोप दिने घोषणा गरेका थिए । एसियाका विभिन्न देशलाई ७० लाख दिने भनिएको छ जसमा नेपाल पनि छ ।


यो वर्ष २० करोड डोज खोप अमेरिकाले दिने तयारी गरेपछि यसबाट नेपाल पनि लाभान्वित हुने देखिन्छ । त्यसका लागि भर्खरै कम्पनीसँग सम्झौता भएकाले ठूलो मात्रामा खोप आउन भने २०२१ को अन्तिम महिना पुग्छ सक्छ ।

जि–७ देशको बैठकमा भाग लिन बाइडन बेलायत भ्रमणमा निस्किएका हुन् । राष्ट्रपतिका रुपमा यो उनको पहिलो विदेश भ्रमण हो । अमेरिका विश्वको सबैभन्दा शक्तिशाली देशको रुपमा सन्देष दिन उनले ठूलो मात्रामा खोपको घोषणा गर्न लागिएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्